Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकल महिलालाई आत्मनिर्भर बनाइँदै

बिहीबार, जेठ ३१, २०८१

चितवन– कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो ।

samridhi jewllers

नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताए ।


सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उनको भनाइ छ । उनले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्