Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी अस्पतालको लाइन सास्ती अन्त्य गर्न एमालेद्वारा सरकारको ध्यानाकर्षण

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ- नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

samridhi jewllers

प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले बिहान ९ बजे लाइनमा बसेको एउटा बिरामी वा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न आग्रह गरेकी हुन् ।

सांसद बरालले ठुला सरकारी अस्पतालमा काउन्टर थपेर भने पनि स्वास्थ्य उपचार सेवा सहज बनाउन सुझाव दिइन् । उनले टिकट काट्न लाइन,रिपोर्ट लिन लाइन अिन डाक्टरलाई रिपोर्ट देखाउन पनि लाइन बस्नुपर्ने प्रणालीलाई सहज बनाउन आग्रह गरेकी हुन् ।

स्वास्थ्य बीमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दै उनले संवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्कालीन ठोस कदम चाल्नुपर्ने बताइन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्