Nic Ad Nic Ad
Nic Ad Nic Ad

संयोग र नियतिबिचको फिल्म ‘बाटो’को काठमाडौं प्रिमियर

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- फिल्म ‘बाटो : रोड टु डेथ’ को प्रिमियर सम्पन्न भएको छ । बुधबार बेलुका क्यूएफएक्सको लबिम हलमा आयोजित प्रिमियरमा फिल्मको कास्ट, सेलिब्रेटी, सञ्चारकर्मी, उद्यमी अरुणकुमार राठीसहित सहभागी थिए ।

445607458_1114572909633390_7750417347804235146_n-1718265154.jpg

जेष्ठ ३२ गतेबाट रिलिज हुने फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मका पटकथा लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘नेपाली फिल्मको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । हिजोआज दर्शक फिल्ममेकर भन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले राम्रो फिल्म बनाउनुपर्छ ।’

अभिनेता सुलक्षण भारतीले यो फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । यस्तो खाले फिल्म नेपालमा यसअघि नबनेको उनले बताए । अभिनेता झाले लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । अभिनेत्री रक्षा थापाले यो फिल्मसँग भावना जोडिएको बताइन् । अभिनेत्री मिथिला शर्माले यो फिल्ममा आफूलाई अभिनय कर्मको लागि लिएकोमा निर्देशकप्रति आभार व्यक्त गरिन् ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यो फिल्मका निर्माता चन्दन झा हुन् । फिल्ममा मिथिला, सुलक्षण, रक्षा र उत्पलसहित पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्माले अभिनय गरेका छन्

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्