Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुम्बईमा नेपाल र भारतका फिल्म अधिकारीको बैठक 

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- भारतमा नेपाली फिल्मको प्रदर्शन र सेन्सर सहजीकरणबारे छलफल गर्न दुवै मुलुकको फिल्म उद्योगका अधिकारी मुम्बईमा भेला भएका छन् ।

बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर सहभागी छन् भने भारतीय टोलीको नेतृत्व त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीले गरिरहेका छन् ।

उक्त भेलामा भारतीय फिल्मको सेन्सर प्रमाणीकरण प्रक्रिया, भारतमा नेपाली फिल्मको प्रदर्शन प्रक्रिया, भारतमा नेपाली फिल्मको सेन्सर प्रक्रिया, कर नीति लगायतबारे बुँदागत छलफल भएको छ भने नेपाली र भारतीय सेन्सर बोर्डबीच कसरी सेतुको भूमिका खेल्न सकिन्छ भन्नेबारे पनि छलफल भएको चलचित्र विकास बोर्डको डेलिगेसन सदस्य नीराजन गिरीले जानकारी दिए । बुधबार सुरु भएको बैठक १ असारसम्म चल्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्