Nic Ad Nic Ad
Nic Ad Nic Ad

संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको ज्यान गयो

बिहीबार, जेठ ३१, २०८१
samridhi jewllers

संखुवासभा – संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको ज्यान गएको छ ।

पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो ।

उनी खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर तल रिपेनी घाटमा मृत भेटिएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्