Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई चरणमा कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिँदै

बिहीबार, जेठ ३१, २०८१

भद्रपुर (झापा)- झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । 

samridhi jewllers

कर्मचारीलाई बिहान र दिउँसो गरी दुई चरणमा काममा खटाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण थालेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्ताेलाले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयदेखि चार सय जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ । “दैनिक एक सयको हाराहारीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । बिहान ७ बजेदेखि नै टोकन वितरण गर्छौँ, सेवा प्रवाहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेका छौँ”, प्रजिअ बाँस्तोलाले भने ।

यसअघि जिल्ला प्रशासन कार्यालयले वडास्तरमा अभियानकै रूपमा बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकामा ७३ हजार सात सय ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ । अहिले मेचीनगर नगरपालिकामा वडास्तरमै अभियानको रूपमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको प्रजिअ बाँस्तोलाले बताए । 

राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेका स्थानीय तहमा वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहमा वितरण गर्दा फिर्ता आएका परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सामाजिक सुरक्षालगायत विभिन्न सरकारी सुविधा प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यकालमा सेवाग्राहीको चाप बढेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्