Nic Ad Nic Ad
Nic Ad Nic Ad

कानूनअनुसार आए टिकटक लगायत कुनैपनि सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् ।

samridhi jewllers

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिने गरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रूपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् ।

उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानूनको पालना गर्नेहरूले टिकट चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाज अनुकूल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गई व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्