Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी सञ्चालकले निश्चित समयसम्म राजीनामा दिन नपाउने व्यवस्था गर्न माग

बिहीबार, जेठ ३१, २०८१
samridhi jewllers

काठमाडौँ- नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सहकारी सञ्चालकले निश्चित समयसम्म राजीनामा दिन नपाउने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सहकारी क्षेत्रमा अराजकता रहेको उनको भनाइ छ ।

‘सहकारी सञ्चालकलाई जिम्मेवार बनाउन आवश्यक छ । अहिले राजीनामा गरेर जाने प्रवृत्ति बढेको छ । निश्चित समयसम्म राजीनामा गरेर पनि जान नहुने व्यवस्था गर्नुपर्छ । किनभने माछा देख्दा दुलोभित्र हात सर्प देख्दा दुलो बाहिर हात भने जस्तो अवस्था आउन दिनु हुँदैन,’ सांसद मैनालीले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्