Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘पुजार सार्की’ हेरेपछी बाबुराम भन्छन्- ‘कतिपय प्रसंग आफैंसँग मिलेको पाएँ’

बिहीबार, जेठ ३१, २०८१

 

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फिल्म ‘पुजार सार्की’ हरेका छन् ।

बिहीबार दिउँसो फिल्म हेरेपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले जातीय विभेद अन्त्यका लागि धार्मिक शास्त्र नै परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । यो फिल्म हेर्दाहेर्दै म भावुक भएँ,’ उनले भने, ‘कतिपय प्रसंग आफैंसँग पनि मिलेको पाएँ । यो लामो लडाइँ हो ।’

फिल्म हेर्दा बाबुरामले संसदमा आफुले बोलेका कुरा स्मरण भएको सुनाए । ‘म आफैंले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिएँ । यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ,’ उनले भने, ‘यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुले नै साथ दिनुपर्छ ।’ उनले जातीय विभेदविरुद्धको लडाइँ लामो हुने बताए । विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुले नै साथ दिनुपर्ने तर्क उनले गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्