Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं– भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।

बिहीबार पूर्व प्रहरी अधिकारी समेत रहेका डोभाललाई तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरिएको हो।

प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो । तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन् ।

 सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । २०१९ मा उनी फेरि यो पदमा पाँच वर्षका लागि नियुक्त भएका थिए ।

पछिल्लो दशकमा डोभालले मोदी सरकारको कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरू गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्