Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ प्रशासनले भन्यो-राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउनु

बिहीबार, जेठ ३१, २०८१
samridhi jewllers

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम भरेर त्यहाँ तोकिएको समयमा मात्रै कार्यालय आउन अनुरोध गरेको छ ।

सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन प्रशासनले  अनुरोध गरेको हो ।काठमाडौँलगायत २८ जिल्लामा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । परिचय पत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार