Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपथ्यका घटना

त्यस दिन देउवा उपेन्द्रकान्तलाई पिट्न झम्टिए, लोकदर्शन रेग्मीले के भनेर मिलाए?

शुक्रबार, असार १, २०८१

काठमाडौं– नेपाल प्रहरीमा पूर्वमहानिरिक्षक (आईजी) उपेन्द्रकान्त अर्यालका किस्सा कम छैनन्। सुशील कोइराला प्रधानमन्त्री हुँदा झन्डै बाल बाल जागिर जोगिएका अर्याल आफूलाई प्रहरीको सर्वकालिन आईजी ठान्छन्। 

तर यी यस्ता आईजी थिए कि नेताले झन्डै चुटेका थिए। अर्यालको किस्सा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि रहेको छ। प्रहरीमा सबैभन्दा बढी कार्यकाल आईजी भएका अर्याललाई देउवा पिट्न झम्टिएका थिए। 

तर तत्कालिन गृहसचिव रहेका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले जोगाएका थिए। प्रहरीका नायव उपरिक्षक (डीएसपी)बाट एसपी बढुवाको तयारी थियो। देउवाले एउटा नाम पठाए तर आईजी रहेका अर्यालले नमान्ने जस्तो कुरा गरे। देउवाले बोलाएर नै उनलाई तत्कालिन डीएसपी एकदर्शन पाललाई एसपीमा बढुवा गर्न सिफारिस गरेका थिए। 

गृहसचिव रहेका रेग्मीका अगाडि नै अर्यालले नसक्ने भन्ने जवाफ दिएपछि देउवा कुट्न झम्टिएको उच्च स्रोतले देखेको थियो। तर रेग्मीले देउवालाई रोकेर भने,‘हजुर म हेर्छु। यीनको अलिक पारा ठिक छैन।’

आर्याल तिनै आईजी हुन् जसले नेपाल प्रहरीमा १४ जनासम्म एआईजी बनाए भने प्रकाश अर्याललाई आईजी बनाउन पनि ठूलो षडयन्त्रमूलक खेल खेलेका थिए। 

आफ्नै छोरा जोगाउनका लागि प्रहरीको सबै ताकत समेत प्रयोग गरेका अर्याल अहिले पनि प्रहरीभित्र खेल्न खोजिरहन्छन्।

प्रहरी संगठनको अवस्था सुधार्नेभन्दा पनि पद जोगाएर कार्यकाल पूरा गर्दा अर्यालले धेरै अफिसरलाई किनारा लगाएको बताइन्छ। उनले पद जोगाउनका लागि नेपालका धनाड्य रहेका मित उपेन्द्र महतोको सहयोग लिने गरेको पनि चर्चा हुने गर्छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्