Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढुवा भएका चार एसएसपीको पदस्थापन, अपराध अनुसन्धान कोसीमा दाहाल

शुक्रबार, असार १, २०८१

काठमाडौं– हालै प्रहरी उपरिक्षक (एसपी)बाट बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा गरिएका चार जनाको पदस्थापन भएको छ।  

बिहीबार गृह मन्त्रीस्तरीय निर्णयटबाट चार एसएसपीको पदस्थापन गरिएको हो। एसएसपी भिमबहादुर दाहाललाई अपराध अनुसन्धान तथा नियन्त्रण कार्यालय कोसी बिराटनगरमा पदस्थापन गरिएको छ। 

यसैगरी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, धनगढी कैलाली, रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा पदस्थापन गरिएको हो।

नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्