Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सिंघम अगेन’ रिलिज सारियो, कारण यस्तो छ 

शुक्रबार, असार १, २०८१

काठमाडौं– निर्देशक रोहित शेट्टीको ‘कप्स युनिभर्स’को फिल्म ‘सिंघम अगेन’को प्रदर्शन मिति स्थगित भएको छ । निर्माण टिमले फिल्मको पोस्टर सेयर गर्दै फिल्म दिवाली (तिहार)मा रिलिज हुने जानकारी दिएका छन्। 

‘सिंघम’ र ‘सिंघम रिटर्न्स’पछि निर्देशक शेट्टीको यो फिल्म ‘सिंघम अगेन’ कप युनिभर्सको पाँचौं र ‘सिंघम’ फ्रेन्चाइजको तेस्रो फिल्म हो। 

यो फिल्ममा अजय फेरि एकपटक ‘बाजीराव सिंघम’को भूमिकामा देखिनेछन्। फिल्ममा दीपिका पादुकोण पहिलो लेडी–कपको भूमिकामा देखिनेछिन्। 
फिल्ममा करिना कपुर खान, अक्षय कुमार, रणवीर सिंह, टाइगर श्राफ, अर्जुन कपुर र ज्याकी श्राफको पनि अभिनय छ ।

यसअघी ‘सिंघम अगेन’ अगस्ट १५ मा रिलिज हुने तयारीमा थियो । सोही मितिमा अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पाः द रुल’ पनि रिलिज हुने तयारी थियो । 
अहिले पुष्पाको पनि प्रदर्शन मिति स्थगित भएको गसिप चलिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्