Nic Ad Nic Ad
Nic Ad Nic Ad
टि–२० विश्वकपमा नेपाल प्रक्षेपण

नेपाली स्पिन ‘अट्याक’ले घुमाउला त दक्षिण अफ्रिकालाई, सन्दीपको पुनरागमनको कठिन परिक्षा 

शुक्रबार, असार १, २०८१
  • अशोक सापकोटा

काठमाडौं– नेपाली समयअनुसार शनिबार बिहान ५ः १५ मा नेपालले दक्षिण अफ्रिकाको सामना गर्नेछ।  दक्षिण अफ्रिका यो भन्दा अगाडि नै अन्तिम ८मा प्रवेश गरिसकेको छ।

नेपालसँगको खेलको नतिजा तलमाथि भए पनि उसलाई खासै फरक पर्नेछैन। तर नेपालले यदी खेलमा जित निकाल्न सक्ने हो भने अन्तिम आठमा पुग्ने सम्भावना कायमै रहनेछ ।

अनुभव र स्किल दुवैका हिसाबले दक्षिण अफ्रिका नेपालभन्दा बलियो छ। जारी प्रतियोगितामा पनि हालसम्म अविजित रहदै अन्तिम आठमा स्थान बनाइसकेको छ। 

यो अवस्थामा पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्नै नसक्ने भन्नेचाहिँ होइन, प्रतियोगिता सुरु भएपश्चात आजसम्म भएका खेलहरूलाई हेर्ने हो भने पनि एसोसिएट्स राष्ट्रहरूले क्रिकेटका महारथी मानिएका राष्ट्रहरूलाई राम्रो चुनौती दिईरहेका छन्।

नेपालको प्रमुख हतियार भनेको ‘स्पिन बलिङ्’ नै हो। सन्दीप टोलीमा पुनरागमन भएसँगै त झन् सुनमा सुगन्ध नै थपिएको छ। 

दुई वर्ष पहिले पक्राउ पर्नुअघिसम्म पनि उनी क्यारेवियनमा, क्यारेवियन प्रिमियर लिग खेलिरहेका थिए। सन्दीपले जुन पिचमा टी–२० विश्वकप क्रिकेटको पहिलो खेल खेल्दैछन्, त्यसका अनुभवी स्पिनर हुन्। 

विन्डसवार्ड आइल्याण्डमा रहेको नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हुने अर्नोस भेल ग्राउन्ड , किङ्स टाउन, सेन्ट भिन्सेन्ट खेल मैदानमा सन्दीपको यो भन्दा अगाडि नै राम्रो अनुभव छ। 

उनले सीपीएलमा विश्वका दिग्गज मानिएका बलरहरूलाई आच्छु–आच्छु नै पारेका थिए। लामो समय क्रिकेटबाट टाढा रहेका सन्दीप अन्ततः नेपाली टोलीसँग अभ्यासमा जोडिएको तस्वीर क्यानले सार्वजनिक गरेका थियो।

अर्नोस भेल ग्राउण्डको इतिहासलाई हेर्ने हो भने तुलनात्मक रुपमा तिब्र गतिका बलरलाईभन्दा स्पिन बलरलाई बढि मद्दत मिल्ने गरेको छ।
अब नेपालमा सन्दीपबाहेक ललित राजवंशी र सागर ढकाल अन्य दुई प्रमुख स्पिनर र दिपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा पार्ट टाईम स्पिनर गरी कुल ८ जना स्पिनरहरू रहेका छन्। 

कम्तिमा पनि ६ जना स्पिन फाल्न सक्ने खेलाडीले दक्षिण अफ्रिकाविरुद्धको खेलमा स्थान बनाउने पक्का छ। यस्तो अवस्थामा पिच र आफ्नो स्किलअनुसार बलिङ फाल्न सके खेलमा नेपालले दक्षिण अफ्रिकालाई राम्रो चुनौती पस्किन सक्छ।

सन्दीपले सीपीएलमा हालसम्म खेलेका २२ खेलमा २७ विकेट हात पार्न सफल भएका छन्।

सन्दीप बाहेक दिपेन्द्र जो हाल टि–२० सूचीमा ९आंै स्थानमा समेत छन्। उनको बलिङ पनि नेपालका लागि फाइदाजनक साबित रहन सक्छ ।

नेदरल्यान्डस् र बङ्गलादेशबीचको खेलमा पनि रिशाद हुसैन जो आफंैै स्पिनर हुन्, उनले जितमा महत्वपूर्ण योगदान गर्दै ३ विकेट हात पारेका थिए।
टोलीका अर्का प्रमुख स्पिनर ललितलाई अन्तिम ११ मा स्थान दिएर पावरप्लेमा राम्रो प्रयोग गर्न सक्ने हो भने ललितको बलिङबाट नेपालले राम्रो सफलता हात पार्न सक्छ। 

नेपाललाई दक्षिण अफ्रिकाविरुद्ध सुरुवाती सफलता दिलाउन उनी महत्वपूर्ण साबित हुन सक्छन्।

नेपाली बलिङको तारिफ गर्दै दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कगिसो रवाडाले पनि खेलअगाडि पत्रकारहरूसँग भनेका थिए,‘नेपाल राम्रो टिम हो। सन्दीप राम्रो बलर हो र उनले हामीलाई राम्रो चुनौती पस्कन सक्छन्।’

खेल हुने मैदानको औशत स्कोर १४९ रनभन्दा बढि रहने छ। नेदरल्यान्डविरुद्धको खेलमा बनेको १५९ रन नै यो मैदानको हालसम्मको टि–२० उच्चतम स्कोर हो। यहाँ भएका खेलका इतिहासहरूलाई हेर्ने हो भने पहिलो बलिङ गर्ने टोलीले धेरै खेलहरूमा नतिजा आफ्नो पक्षमा पार्न सफल छन्। 

यो बाहेक हाल नेपालका हेड कोच मोन्टी देशाई पनि योभन्दा पहिले वेस्ट इन्डिजका कोच रहिसकेका छन्। उनलाई पनि वेस्ट इन्डिज र त्यहाँका मैदानको राम्रो अनुभव रहेको छ।

कोच मोन्टीको अनुभव पनि नेपाली टोलीका लागि फलदायी साबित हुने छ। नेपालका अर्का बलिङ कोच रोड्रिक इस्टविक पनि वेस्ट इन्डिजका पूर्व खेलाडी हुन् र उनको अनुभव समेत नेपालका लागि प्रभावकारी सावित रहन सक्छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्