फ्लोर क्रस गर्ने सांसदलाई माओवादीले गर्यो कारबाही
काठमाडौँ- माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई कारबाही गरेको छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्विप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १६:४६
प्रतिक्रिया दिनुहोस्