Nic Ad Nic Ad
Nic Ad Nic Ad

नायिकाका स्क्यान्डल : कसैकाे करियर नै धरमर, कसैले ज्यानै गुमाए

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ- नेपाली फिल्म क्षेत्रमा बेलाबेला नायक-नायिकाहरूको विभिन्न गसिप र स्क्यान्डल भाइरल बन्नु सामान्य कुरा बनिसकेको छ ।

गसिपकै कारण धेरैले आफ्नो करिअरबाट हात धुनुपरेको छ भने कतिले ज्यानसम्म गुमाएका छन् । यो रिपोर्टमा हामीले नेपालका ती सेलिब्रेटीहरूको कुरा गरेका छौँ, जो गसिप र स्क्यान्डलको सिकार बने । नायिका शृषा कार्की- अश्लील भिडियोको स्क्यान्डल परे पनि उनले फिल्ममा जम्नका लागि निरन्तर सङ्घर्ष गरिरहिन् । समाजले उनलाई घृणा गरे पनि उनले आफैँलाई कहिल्यै घृणा गरिनन् । फलस्वरूप निरन्तरको सङ्घर्षकै कारणले उनी करिब एक दर्जन फिल्ममा नायिकाको रूपमा प्रस्तुत भइन् । त्यत्रो हिम्मत र आँट भए पनि एक साप्ताहिक पत्रिकामा प्रकाशित तस्बिरका कारण उनले हिम्मत हारिन् । अन्तत: उनी चुकिन् अनि रोजिन् आत्महत्याको बाटो । यस्तै स्क्यान्डलको अर्को सिकार हुन्- नायिका जेशिका खड्का । उनले काठमाडाैँको वसन्तपुरस्थित आफ्नै डेरामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा ङ्घर्षरत नायिका हुन जेशिका । फिल्मी क्षेत्रमा सङ्घर्ष गर्दै गरेकी जेशिकाको आत्महत्याको खबरले पूरै फिल्म क्षेत्र तातिएको थियो । जेशिकाले किन गरिन् आत्महत्या ? भन्ने विषयमा पनि धेरै गसिप चलेका थिए । एक रिपोर्टका अनुसार टेलिफिल्ममा अभिनय गर्ने क्रममा उनको नग्न तस्बिर सार्वजनिक भएको थियो । यस्तै अन्य रिपोर्ट हेर्ने हो भने केही व्यक्तिले नायिका खड्कालाई एक कलाकारसँग आपत्तिजनक अवस्थामा भेटेको पनि बताइएको छ । यही गसिपको विषयमा केही समय उनले कानुनी लडाइँ पनि लडेकी थिइन् । तर बाहिरी हल्ला र गसिपको सिकार बनेपछि नायिका खड्काले पनि हिम्मत हारिन् । यसअघि पनि नेपालमा नायिकाहरूको यस किसिमका गसिप नचलेका भने होइनन् । नायिका नम्रता श्रेष्ठ र पूजा लामाको अश्लील भिडियो निस्किए पनि उनीहरू भने समाजसँग लडेरै आफ्नो करिअरका लागि सङ्घर्षरत छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्