Nic Ad Nic Ad
Nic Ad Nic Ad

कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च जाने

शुक्रबार, जेठ ३२, २०८१

पोखरा - गण्डकी प्रदेशका ऊर्जामन्त्री फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रकाे सिफारिसमा सांसद पदबाट मुक्त भएपछि सर्वोच्च अदालत जाने भएका छन् ।

samridhi jewllers

उनी नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेपछि सर्वोच्च जाने बताएका हुन् । नेपाल समाजवादी पार्टीका नेता समेत रहेका उनी माओवादी केन्द्रकाे चुनाव चिन्हबाट प्रदेश सांसद पद जितेका थिए ।

गण्डकी प्रदेश सभाबाट निलम्बनमा परे लगत्तै शुक्रवार पत्रकार सम्मेलन गरेर उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको बताए । देवकोटाले माओवादीको कारबाहीले आफू आश्चर्यमा परेको बताएका छन् । उनले सबै खालको प्रतिवाद गर्ने पनि चेतावनी दिए ।

जेठ २८ गते देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्विप उलङ्घनको आरोपमा माओवादीले देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो । 

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रवार बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार