एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ - नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले असार १ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
बैठक लोत्से हल बानेश्वरमा बस्नेछ। बैठकमा प्रतिनिधि सभामा छलफल जारी रहेको बजेट, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १९:४४
प्रतिक्रिया दिनुहोस्