अज्ञात समूहको गोली लागेर क्याम्पस प्रमुखको मृत्यु
बारा -बाराको आदर्श कोतवाल नगरपालिका-३ मा अज्ञात समूहले चलाएको गोली लागेर क्याम्पस प्रमुखको मृत्यु भएको छ । शुक्रबार गोली लागेर रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल-२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले बताए ।
यसअघि गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ २०:११
प्रतिक्रिया दिनुहोस्