Nic Ad Nic Ad
Nic Ad Nic Ad

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै

शुक्रबार, जेठ ३२, २०८१

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट विस्थापितहरूका लागि चार वर्षपछि घर निर्माण गर्न थालिएको छ ।

samridhi jewllers

विसं २०७७ असार २७ गते मध्यरातमा गएको पहिरामा पुरिएर बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घरमा क्षति पुग्यो । पहिरोबाट बेसिन्दा र चेप्चेवा गाउँ त विस्थापित नै भएको थियो ।

विस्थापितलाई सिलिचोङ १ को चित्रे, बखल्टुम र खाँदबारी नगरपालिका–७ मा पुनःवासका लागि घर बनाउने निर्णय भएको थियो । विस्थापित भएको चार वर्षपछि यसपटक भने खाँदबारी नगरपालिकाको समन्वयमा सोही वडाको भैरेडाँडामा ५५ परिवारका लागि घर निर्माण सुरू गरिएको नगरप्रमुख महेश थपलियाले जानकारी दिए ।

त्यसका लागि रु एक करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको उनले बताए ।यसैगरी २५ परिवारलाई सिलिचोङ–१ को चित्रेडाँडा र चेप्चेवाका १२ घरलाई बखल्टुममा गरी ३७ परिवारका लागि घर निर्माण भइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार