Nic Ad Nic Ad
Nic Ad Nic Ad

साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साझेदार मुलुकहरुसँग सहकार्य गर्न आफू सदैव तयार रहेको जनाएका छन् ।

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनबाट तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीले भारत ‘छिमेक प्रथम’ नीतिमा प्रतिबद्ध रहेको पनि बताए । उनले भारतका छिमेकी मुलुकहरुका साथै हिन्द महासागर क्षेत्रमा अवस्थित मुलुकहरुसँगको सहकार्यलाई निरन्तरता दिने बताएका हुन् ।

प्रधानमन्त्री मोदीले मानवीय उत्थानका लागि विश्वका साझेदार मुलुकहरुलाई भारतले उच्च प्राथमिकता दिने समेत उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले साझा चुनौतीको सामना गर्न एवम् साझा हित प्राप्तिका लागि भारतले साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिने उल्लेख गरेका हुन् ।

मोदीको तेस्रो कार्यकालमा भारतको विदेश नीति कस्तो रहला भन्नेबारे विभिन्न आँकलनहरु भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्