नेपालको कसिलो बलिङ, नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
काठमाडौं- टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ गरेको नेपालले १ सय १६ रनको लक्ष्य पाएको छ।
उत्कृष्ट ब्याटिङलाईनअप भएको दक्षिण अफ्रिका विरुद्ध नेपाली बलरहरुले कसिलो बलिङ गर्दा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिचले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ट्रिस्टन स्टब्सले २७ रनको अविजित इनिङ खेले। त्यस्तै क्विन्टन डिककले १० रन बनाउँदा कप्तान एइडन माक्रमले १५ रन बनाए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ३ विकेट लिंदा कुशल भुर्तेलले १९ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछानले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएपनि विकेट लिन भने सकेन्न।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०६:५६
प्रतिक्रिया दिनुहोस्