Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिकाविरुद् नेपालले ब्याटिङ गर्दै

शनिबार, असार १, २०८१

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले ब्याटिङ गर्दैछ।

वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ। नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन्।


अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।


पुरै २० ओभर खेल्दै दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्