प्रधानमन्त्री प्रचण्ड नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सँगै बसेर हेरिरहेका छन् ।
प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै बसेर खेल हेरिरहेका हुन् ।
टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै नेपाल सामू १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०८:०५
प्रतिक्रिया दिनुहोस्