Nic Ad Nic Ad
Nic Ad Nic Ad

 नेपालले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो विकेट  गुमायो 

शनिबार, असार १, २०८१

काठमाडौं - नेपालले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो विकेट गुमाएकाे छ ।आसिफ शेख र अनिल शाहको बलियो साझेदारी तोडिएको हो ।

पार्ट टाइम स्पिनर एड्रियन माक्र्रमलाई ठूलो सट प्रहार गर्न खोज्दा उनी क्याच आउट भए ।

आउट हुनुअघि उनले २४ बलमा २७ रनको महत्वपूर्ण पारी खेलेका थिए । साउथ अफ्रिकाका बलरहरुमाथि हावी हुँदै उनले १ छक्का र चार चौका प्रहार गरे ।

अनिल र ओपनर आसिफ शेखबीच अर्धसतकीय साझेदारीमा नेपाल बलियो स्थितिमा पुगेको छ । आसिफ अझै पनि क्रिजमा छन् ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्