Nic Ad Nic Ad
Nic Ad Nic Ad

जावलाखेलमा बेहोस भेटिएका थिए दम्पत्ती, पाटन अस्पतालमा भयो मृत्यु

शनिबार, असार १, २०८१

काठमाडौ - जावला खेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

samridhi jewllers

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र  उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे अर्धबेहोश अबस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । चिकित्सकले दुवै जनालाई ९:२७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार