Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो : खेलकुदमन्त्री श्रेष्ठ

शनिबार, असार १, २०८१

काठमाडौं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् । 

samridhi jewllers

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको बताए । आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनको भनाइ छ । 

उनले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । उनले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने चेतावनी दिए । 

उनले वर्तमान राजनीतिक परिस्थितिमा एकपटक सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भएको बताए । 

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए । उनले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरूले काम पूरा गरेको बताए । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार