Nic Ad Nic Ad
Nic Ad Nic Ad

विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध

शनिबार, असार १, २०८१

काठमाडौँ– भारतले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

संयुक्त राष्ट्रसघमा आयोजित सम्मेलनमा बोल्दै राष्ट्रसंघको लागि भारतीय सहायक स्थायी प्रतिनिधि योजना पटेलले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएकी हुन् ।

उनले पारवहनका लागि भारतमा निर्भर रहेका भूपरिवेष्ठित मुलुकहरू भुटान र नेपाललाई सहयोग गर्न आर्थिक सहकार्य र पारवहन कनेक्टिभिटीलाई थप मजबुत बनाउने समेत उल्लेख गरिन् । 

भारतले पारस्परिक विकासका लागि थालिएको ‘बंगलादेश, भुटान, भारत नेपाल (बीबीआईएन)’ पहलअन्तर्गत यसमा आबद्ध मुलुकहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलामा थप पहुँच दिलाउन पनि भारत तत्पर रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्