Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी प्रदेशमा वर्षाको सम्भावना

आइतबार, असार २, २०८१

काठमाडौँ -हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

samridhi jewllers

कोशी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ। 
कोशी  प्रदेशका केही स्थानहरूमा तथा मधेस र बाग्मती  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति कोशी, मधे, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली  तथा बाँकी भू–भागमा आंशिकदेखि  मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा  मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार