Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरले हाडीगाउँ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

आइतबार, असार २, २०८१
samridhi jewllers

काठमाडौं - काठमाडौं महानगरपालिकाले हाँडीगाउँ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको  बैठकमा महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए । 

हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक परामर्श गर्ने नीतिसमेत महानगरले लिएको छ । त्यस्तैगरी, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भूनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए  ।    

साथै इन्द्रजात्रा, सेतो मत्स्येन्द्रनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व तथा स्थानीय परिकारलाई संरक्षण र संवद्र्धन गर्दै सम्भावना भएका थप कला–संस्कृतिलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने उनको भनाइ छ  ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्