Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

आइतबार, असार २, २०८१

काठमाडौँ - पाल्पाको निस्दीमा आइतबार बिहान भएको जिप दुर्घटनामा ९ जना घाइते भएका छन । निस्दी गाउँपालिका-४,  झ्याल्टुङ  कच्ची  सडक खण्डमा भएको दुर्घटनामा घाइते सबै रामपुर नगरपालिकाका छन् ।

samridhi jewllers

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित भई सडकको बाँया साइडको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।


घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्