Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेन भन्छन्– महानगरको नगरसभामा कांग्रेस–एमालेको धङधङी लिएर नआउनुहोला

आइतबार, असार २, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीन जना नेताका कारण १६० जना नगर सभा सदस्यको बोल्ने अधिकार हनन् भएको बताएका छन्। 

उनले नगरसभामा आउँदा बन्द कोठामा हुने सहमतिअनुसारको औपचारिकताका लागि नआउन पनि भनेका छन्। नगरसभा प्रत्यक्ष प्रशारण गर्नुको अर्थ जनतालाई सबै जानकारी होस् भन्ने रहेको उल्लेख गर्दै बालेन भन्छन्,‘नगरसभामा आउँदा कांग्रेस एमालेको धङधङी लिएर नआउनुहोला।’

सामाजिक सञ्जालमार्फत बालेनले यस्तो धारणा राखेका हुन्।


 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्