सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि शुक्रबार छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्