कर्णाली चिनाउन ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु
दैलेख - शब्द, दृश्य, चित्र र उत्पादनमार्फत संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु भएको छ ।
मनघरी फाउन्डेसनको अगुवाइमा सुरु भएको अभियान दश महिनासम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनाकार भरतबन्धु थापाले जानकारी दिए । दैलेखको प्रदर्शनी काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा असार १ गते शनिवारदेखि जारी छ ।
१० महिनासम्म चल्ने अभियान प्रत्येक महिनाको पहिलो शनिवारबाट सुरु भई तीन दिनसम्म चल्ने छ । अभियानको सुरुवात खस कला, संस्कृति र सम्पदाको खानीको दैलेख जिल्लाबाट गरिएको छ । कर्णाली प्रदेशमा १० जिल्ला रहेका छन् ।
सोमबारसम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू हेर्न पाइने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ११:५८
प्रतिक्रिया दिनुहोस्