Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

आइतबार, असार २, २०८१

काठमाडौँ- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठक बस्दैछ ।

samridhi jewllers

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो एक बजे बस्न लागेको हो । समितिका सचिव बबिता मिश्रका अनुसार आजको बैठकमा समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलका सदस्यहरूसँग छलफल हुनेछ । संसदीय छानबिन विशेष समिति बन्नु अगाडि समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलमा प्रमुख तीन दलबाट एक एक जना र सरकारका तर्फबाट कानुनमन्त्री रहेको कार्यदल बनेको थियो ।

कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा काँग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य थिए ।

कार्यदलका सदस्यहरूसँग समितिले कार्यादेशको विषयमा छलफल गर्न लागेको हो । यसका साथै समितिको आन्तरिक कार्यविधिमाथि समेत छलफल गर्ने समितिको तयारी छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्