Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा पेश

आइतबार, असार २, २०८१

काठमाडौँ- प्रतिनिधि सभामा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत भएको छ ।

samridhi jewllers

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त विधेयक पेश गरेका हुन् । नेपालमा लगानीको वातावरण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन, २०८१ को क्रममा नीतिगत सुधार गर्न कानून परिमार्जन गर्न आवश्यक भएकाले अध्यादेशमार्फत उक्त ऐन जारी गरिएको बताए ।

यो विधेयकमा स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद, थप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरिएको मन्त्री भण्डारीले बताए ।

लगानी सहज बनाउन जग्गा प्राप्ति गर्ने विषयमा सहजता कायम गर्न वन क्षेत्रमा प्राथमिकता प्राप्त उद्योग स्थापना गर्ने विषयलाई सहज बनाउने, सरकारको स्वीकृति लिई खरिद गरिएको हदबन्दीभन्दा बढीको जग्गा ५० प्रतिशत उद्योगको क्षमता वृद्धि गर्ने धितो राख्न पाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्