गोताखोरले निकाल्यो भेरी नदीमा बेपत्ता भएका २ बालकको शव
काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
१ असारमा नुहाउने क्रममा बेपत्ता भएका भूपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भूपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराइबाट निकालेको हो ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १४:११
प्रतिक्रिया दिनुहोस्