Nic Ad Nic Ad
Nic Ad Nic Ad

महेन्द्र राय यादवसहितका नेतामाथि नेसपाको कारबाही, यी नेताहरु हटाइए

आइतबार, असार २, २०८१

काठमाडौँ- प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्कासित भएका छन् । पार्टीले यादव लगायतहरुलाई  पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

samridhi jewllers

नेपाल समाजवादी पार्टीले आइतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । विज्ञप्ति अनुसार सांसद यादव सहित प्रदेश सांसद गङ्गानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।

समाजवादी पार्टीले १२ जेठमा उनीहरूलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको पत्र अनुसार, ३० जेठ, २०८१ मा उनीहरूलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको हो ।

पार्टीले निष्कासित गरेपछि यादव र श्रेष्ठको सांसद पदमाथि तत्काल अप्ठेरो पर्दैन । यादव र श्रेष्ठ माओवादी केन्द्रको मनोनयमा निर्वाचित भएर माओवादी केन्द्रकै सांसदको रूपमा प्रतिनिधिसभा र प्रदेशसभामा क्रियाशील छन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्