भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ - नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठुलो सङ्ख्यामा लक्षित समूह वञ्चित हुने भन्दै रिट दायर गरेका हुन् ।
मन्त्रिपरिषद्ले २०८१ जेठ २४ गते सामाजिक सुरक्षा वितरणको लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय बदरको माग गर्दै पोखरेलले रिट दायर गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १८:४०
प्रतिक्रिया दिनुहोस्