टी-२० विश्वकप नेपालले टस जित्यो,प्लेइङ-११ मा एक परिवर्तन
काठमाडौ - आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो ।
नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपालले एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलबाट सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा छन् ।
समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।
शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ ।
उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ । बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।
उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ ।
नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,
बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।