Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले मुग्लिन-मलेखु खण्ड अवरुद्ध

सोमबार, असार ३, २०८१
samridhi jewllers

भरतपुर-पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।


सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताए  । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।


 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्