Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

सोमबार, असार ३, २०८१
samridhi jewllers

तनहुँ - जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दीपककुमार रायले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्