६ किलो सुन र ४८ लाखसहित एक चिनियाँ नागरिक पक्राउ
काठमाडौं - करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति काठमाडौंको कपनबाट तीन चिनियाँ नागरिकलाई ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाएको छैन । सिआईबीका अनुसार सुनको परीक्षण पनि बाँकी छ । सीआईबीले अहिले ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत मार्फत तस्करी भएको ९ किलो सुनको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्