Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईजी हटाउने नेपथ्यको षडयन्त्र असफल, प्रधान कार्यालयपछि प्रधानमन्त्री प्रचण्ड यसो भन्छन् 

सोमबार, असार ३, २०८१

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई हटाउनका लागि पर्दापछाडि तयार गरिएका षडयन्त्र असफल भएका छन्। 

यस्तो षडयन्त्रको विषयमा केही समाचार माध्यमले लेखिरहेका थिए। क्यानडा नेपालले आईजी फेर्न तयार पारिएको ‘लजिक’ नै कमजोर हुने दाबी गरेको थियो। 

यो षडयन्त्र असफल भएसँगै प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरी यसप्रकारका समाचारका पक्षमा नलाग्न आग्रह गरेको थियो। 

प्रधान कार्यालयसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आईजी फेर्ने कुनै तयारी नभएको स्पष्टोक्ति दिएका छन्। 

उनले भरतपुरमा भने,‘यो विषयमा अहिले हामी प्रवेश गरेका छैनौं, बरु मैले तीन वटै सुरक्षा निकायका प्रमुखसँग बसेर ढुक्कले काम गर्नका लागि भनेको छु।’

प्रधानमन्त्री प्रचण्डले कुनै पनि परिवर्तनको प्रस्ताव आए त्यसले काम नगर्ने भन्दै भनेका छन्,‘मैले केही परिवर्तन हुँदैन ढुक्कसित तेज गतिमा काम गर्न भनेको छु।’
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्