Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदर्शन थापाबिरुद्ध डेढ करोडको मागसहित मुद्दा दायर

सोमबार, असार ३, २०८१
samridhi jewllers

काठमाडौँ - जिल्ला अदालत काठमाडौँमा फिल्म  निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ । मुद्दामा थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त बनाइएको छ ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर सम्झौता विपरीत निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर एक करोड ५० लाख रुपैयाँ बराबरको हानी पुर्‍याएको आरोप लगाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्