Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड नयाँ दिल्लीबाट फर्केपछि सुरु भएको थियो गठबन्धनमा खटपट, सतहमा देखिन थाल्यो

सोमबार, असार ३, २०८१

काठमाडौं– सत्ता गठबन्धन दलका नेता र मन्त्रीले दिएका अभिव्यक्तिको बचाऊ गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको हालको गठबन्धनमा खटपट निक्कै बढिसकेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर तथा विभिन्न नेतासँग भेटेर फर्किएपछि प्रचण्डले सरकारका अन्य दल र मन्त्रीमाथि देखाउने व्यवाहार नै फरक रहेको एक मन्त्री बताउँछन्। 

अहिले सरकारमा रहेका दलमा देखिएका दलबीचको विवादको कारण पनि प्रधानमन्त्री प्रचण्डको हस्तक्षेपकारी नीति रहेको बताइन्छ। उनले एमालेलगायतबाट सहभागी भएका मन्त्रीका प्रस्तावको पनि बेवास्ता गर्दै आएका छन्। 

अहिले मातहतमा रहेका सबै मन्त्रालयमा हस्तक्षेप बढाउन सुरु भइसकेको केही मन्त्रीले गुनासो गर्न थालेका छन्। सरकारमा समर्थन बढाउनका लागि नागरिक उन्मुक्ति पार्टी र जनमतलाई ल्याउन एमालेले गरेको प्रस्तावमा पनि प्रचण्ड खासै चासो दिन छाडेका छन्। 

‘नयाँ दिल्लीबाट फर्केपछि अलिकति व्यवाहार परिवर्तन भएको भान हुन्छ। अहिले कतिपय कुरामा एमाले र रास्वपाले असन्तुष्टि जनाउनु पनि यहि कारण हो’, उच्च स्रोतले भन्यो। 

मोदीका विश्वास पात्र एस जयशंकरसँग प्रचण्डको लामो कुराकानी भएको थियो। यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले नै सरकारलाई दिएको समर्थनको समिक्षा गर्ने बेला भएको बताइनुले पनि खटपटको पारो अलिक पेचिलो स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ।

रास्वपा संसदीय दलका उपनेता तथा खेलकुदमन्त्री विराजभक्त महर्जनले भनेका छन्,‘राजीनामापत्र खल्तीमा छ, सरकारलाई दिएको समर्थनको समिक्षा गर्ने बेला भएको छ।’
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्