Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसी विधेयकलाई सत्ताको दाउपेच बनाउन हुदैन् : महेश बर्तौला

सोमबार, असार ३, २०८१

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी विधेयकलाई सत्ताको दाउपेच बनाउन नहुने बताएका छन् ।

samridhi jewllers

बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै टीआरसी विधेयकलाई छिटोभन्दा छिटो हाउसमा लगेर टुङ्ग्याएर सशस्त्र द्वन्द्वसँग जोडिएका सबै विषयलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

उनले भने, ‘हामीले सत्यको अन्बेषणबाट दोषीलाई कानूनी दायरामा ल्याउने । पीडितलाई न्यायको प्रत्याभूति गराउनुपर्छ । हिजोको द्वन्द्वलाई देखाएर नयाँ द्वन्द्व नहुने कुराको सुनिश्चिता गराउने पथमा जानुपर्छ । अब हामीलाई कमजोरी गर्ने छुट छैन । समितिमा रहेको टीआरसी विधेयकलाई अगाडि बढाउने सबै राजनीतिक पार्टीहरूले जिम्मेवारी बोधका साथ । सत्ताको विषय टीआरसी विधेयकलाई बनाउन होइन ।’

टीआरसी विधेयकमा प्रधानमन्त्रीले पनि पहल गरिरहेको बताउँदै समितिमा पनि आफूहरूले सहमतिको लागि अन्तिम चरणमा पुर्‍याइसकेको बताए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्