Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे वार क्याबिनेट विघटन

सोमबार, असार ३, २०८१

काठमाडौँ - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय वार क्याबिनेट (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले वार क्याबिनेट विघटन गरेका हुन् ।

गान्ट्जले युद्धपछिको गाजाबारे के हुने भन्नेबारे प्रधानमन्त्री नेतान्याहुसँग जवाफ मागिरहेका थिए । ठोस कार्ययोजना नभएको भन्दै उनीहरूले छोडेका थिए ।

उता केही दक्षिणपन्थी धारणा राख्ने मन्त्रीहरूले युद्ध मन्त्रिपरिषद्मा सामेल हुन माग गरिरहेका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का एक प्रवक्ताले यो निर्णयले इजरायलको चेनअफ कमान्ड नभत्किने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । अब हमास समूह र गाजाको युद्धबारेका संवेदनशील निर्णयहरू सानो समूहमा हुने इजरायलका मिडियाहरूले रिपोर्ट गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्