Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट 

सोमबार, असार ३, २०८१

काठमाडौं– वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा अर्थात जेठ महिनामा मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । 

samridhi jewllers

जसमा ६४ हजार ८८६ जना पुरुष रहेका छन् भने ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेश गएको विभागले जनाएको छ । 


रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट –जस्तै (कोरिया) ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । 

जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ । 


विदेश जानेमध्ये सबैभन्दा बढी युएई गएको विभागले जनाएको छ । जेठ महिनामा मात्र २० हजार ४२४ जना युएई गएको विभागले जनाएको छ ।


 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्